काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्यामले संघर्षपूर्ण जित निकालेको छ । गएराती भएको टोटनह्यामले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको नवौं मिनेटमा टोबी अल्डरविरेल्डको आत्मघाती गोलबाट एस्टन भिल्लाले अग्रता बनाएको थियो । तर, खेलको २७ औं मिनेटमा अल्डरविरेल्डले नै गोल गर्दै टोटनहमलाई १–१ गोलको बराबरीमा ल्याए ।
४५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनहमलाई २–१ को अग्रता दिलाए । खेलको ५३ औं मिनेटमा ब्जोर्न एन्जल्सले गोल गर्दै घरेलु टोलीलाई २–२ को बराबरीमा फर्काए ।
तर, खेलको इन्जुरी समयमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ३–२ को जित दिलाए । जितसँगै टोटनहमले २६ खेलबाट ४० अंक जोडेको छ ।
टोटनहम लिगको पाँचौं स्थानमा रहेको छ । एस्टन २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया