दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ यसवर्षको ओस्कारमा उत्कृष्ट फिल्म बन्न सफल भएको छ । कुनै पनि गैरअंग्रेजी फिल्मले ओस्कारमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको यो पहिलोपटक हो ।
२ भिन्न वर्गका २ परिवारको कथामा आधारित यो फिल्मलाई बोङ जुन होले निर्देशन गरेका हुन् । यस वर्षको ओस्कारमा प्यारासाइटले उत्कृष्ट फिल्मसहित ४ विधा हात पारेको छ । प्यारासाइटका निर्देशक बोङ जुन हो उत्कृष्ट निर्देशक बन्न सफल भएका छन् भने प्यारासाइटले ओरिजनल स्क्रीनप्ले अवार्ड पनि जितेको छ ।
यसैगरी ‘जुडी’ फिल्मबाट रेनी जेलवेगरले उत्कृष्ट अभिनेत्री र ‘जोकर’ फिल्मबाट जोकिन फोनिक्सले उत्कृष्ट अभिनेताको पुरस्कार जितेका छन् ।
ब्राड पिटले ‘वान्स अपन अ टाइम इन हलिउड’ बाट र लाउरा डर्नले ‘म्यारिज स्टोरी’ बाट उत्कृष्ट सहअभिनेता तथा सहअभिनेत्रीको पुरस्कार जितेका छन् । यसवर्ष ‘सर साम मेन्डेज १९१७’ ले ३ विधामा ओस्कार जितेको छ ।
प्रतिक्रिया