अफ्रिकी देश मलावीको संवैधानिक अदालतले गएको वर्ष भएको विवादास्पद चुनावलाई रद्द गरेको छ । चुनावमा बृहतस्तरमा अनियमितता भएको पाइएपछि अदालतले नतिजा रद्द गरेको हो ।
मे २१ मा भएको चुनावमा राष्ट्रपति पिटर मुथारिका कम मतान्तरले विजयी भएका थिए । तर धाँधली भएको भन्दै चुनाव यता मलावीमा लगातार सरकार विरोधी प्रदर्शन हुँदै आएको छ ।
नतिजा रद्द भएसँगै १ सय ५१ दिनभित्र मलावीमा नयाँ राष्ट्रपति निर्वाचन हुनेछ ।
निर्वाचन नहुँदासम्म राष्ट्रपति मुथारिका सत्तामा रहने अदालतले जनाएको छ । उनी ३८ दशमलब ६ प्रतिशत मत प्राप्त गरी झिनो मतान्तरले दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तर दोस्रो र तेस्रो स्थानमा आएका उम्मेदबार नतिजा विरुद्ध अदालत गएका थिए ।
प्रतिक्रिया