देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिलिपिन्समा कोरोना भाइरसको कारण एक जनाको मृत्यु

देशान्तर

कोरोना भाइरसका कारण चीनबाहिर एक जनाको मृत्यु भएको छ ।

फिलिपिन्समा कोरोना सङ्क्रमित ४४ वर्षीय चिनियाँ पुरुषको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । कोरोना भाइरसका कारण चीन बाहिर कसैको ज्यान गएको यो पहिलो घटना हो ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनको सान लजारो अस्पतालमा गएको माघ ११ गतेदेखि उपचार भैरहेको थियो ।

निमोनिया भएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपनि गएको २४ घण्टामा अवस्था खराव भएर ज्यान गएको अस्पतालले जनाएको छ । उनी फिलिपिन्समा पहिलो पटक कोरोना पुष्टि भएको व्यक्तिको साथी रहेको खबरमा बताइएको छ ।

चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म चीनमा मात्रै ३ सय ४ जनाको ज्यान गएको र १४ हजार ३ सय ८० जनामा कोरोनाको संक्रमण भएको पुष्टि भैसकेको बीबिसीले जनाएको छ ।

चीन बाहिर सय जनामा कोरोना भएको पुष्टि भए पनि अहिलेसम्म कसैको पनि ज्यान गएको थिएन ।