तोक्मे बुढाको रुपमा चिनिएका हाँस्य कलाकार विल्सन विक्रम राई पिता बनेका छन् । बुधबार बिहान उनलाई पुत्रलाभ भएको हो ।
विल्सनले गत वर्षको फागुनमा सुटुक्क बिबाह गरेका थिए । बिबाह गरेको ११ महिनामा राईकी पत्नी सरिना लामाले छोरालाई जन्म दिएकी हुन् ।
सरिनालाई डक्टरले दिएको समय भने यो थिएन । तर, प्रसव पिडाका कारण सरिनालाई एक सातदेखि हस्पिटलमा राखिएको थियो । आज पनि अपरेशनबाट छोरालाई जन्म दिएकी हुन् । विल्सनका अनुसार अहिले आमा र बच्चा दुबैको स्वस्थ्य राम्रो छ ।
अर्को रोचक कुरा के छ भने, विल्सनको पनि आजै जन्मदिन परेको छ । आज विल्सनले आफ्नो ३४ औँ जन्मदिन मनाउदै छन् । आफ्नो जन्मदिनकै दिन छोराको बुबा बन्न पाउँदा विल्सन निकै खुसी छन् ।
प्रतिक्रिया