देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायत जनवरीको अन्त्यमा इयूबाट बाहिरिने

देशान्तर

आगामि जनवरी ३१ मा बेलायत युरोपियन युनियनबाट बाहिरिने भएको छ । संसदमा प्रधानमन्त्री बोरिस जोन्सनले ल्याएको प्रस्ताव पारित भएसँगै बेलायत इयूबाट बाहिरिने मार्ग प्रसस्त भएको हो ।

जनवरी ३१ मा इयूबाट बाहिरिने प्रस्तावको पक्षमा ३५८ सांसदले मतदान गरेका छन् । त्यसको विपक्षमा २३४ सांसदको मत परेको छ ।

यो विधेयकमा अब संसदमा विस्तृत छलफल हुनेछ । बेलायत इयूबाट बाहिरनका लागि अब एक चरण मात्रै बाँकी रहेको प्रधानमन्त्री जोन्सनले बताउनु भएको छ । विधेयकमाथि आउँदो जनवरी ७, ८ र ९ मा संसदमा छलफल हुने भएको छ ।