देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजबाट सलमानको ‘दबंग–३’ सबै मल्टिप्लेक्स कब्जा

देशान्तर

काठमाडौं । बलिउड स्टार सलमान खानको ‘दबंग–३’ आजबाट हलमा प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तरगत वर्षकै प्रतिक्षित बलिउड चलचित्रमा सलमान मुख्य भूमिकामा छन् ।

हिन्दि चलचित्र दबंग–३ ले नेपालि सबै मल्टिप्लेक्स कब्जा गरेको छ । सफल चलचित्र ‘दबंग’ कै कारण आज कुनै पनि नेपाली चलचित्र रिलजमा आएनन् ।

‘दबंग–३’ लाई मल्टिप्लेक्समा कीर्तिमानी सो दिइएको छ । उपत्यका भित्र करिब चार दर्जन सो दिएको क्युएफएक्सले देशभर ८८ सो प्रदान गरेको छ ।

क्युएफएक्सले दिएको अहिले सम्मकै यो उच्च सो हो ।

प्रभु देवाले निर्देशन गरेको एक्सन र कमेडी चलचित्रमा सलमानसँगै सोनाक्षी सिन्हाको मुख्य भूमिका छ ।

https://www.facebook.com/BeingSalmanKhan/videos/2642838259141624/