अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पारित भएको छ । अमेरिकाको तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टिेटिभ’मा ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित भएको हो । तल्लो सदनमा ट्रम्पको पक्षमा २३० मत र विपक्षमा १९७ मत खसेको थियो ।
तल्लो सदनबाट प्रस्ताव पारित भएपछि अब माथिल्लो सदनमा कारबाही प्रक्रिया अघि बढ्नेछ । आउँदो महिना ट्रम्पले संसदमा मुद्दाको सामना गर्नुपर्ने हुनसक्छ तर यहाँ उनको पार्टीको बहुमत छ । यस्तो अवस्थामा ट्रम्प पदबाट हटिहाल्ने अवस्था छैन ।
यसअघि हाउस अफ् रेप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पोलेसीले डोनाल्ड ट्रम्पको उल्टो गन्ती सुरु भएको बताएकी थिइन् ।
योसँगै अमेरिकी राष्ट्रपतीय इतिहासमा ट्रम्प महाअभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन् । यसअघि एण्ड्रियु जोनसोन र बिल क्लिनटनविरुद्ध पनि महाअभियोग प्रस्ताव लगाइएको थियो ।
ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग वाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न दबाब दिएको आरोप डेमोक्रेट्सले लगाएको छ ।
प्रतिक्रिया