काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा आज पुरुष फुटबलको फाइनल हुँदैछ । दशरथ रंगशालमा स्वर्णका लागि नेपालले भुटानको सामना गर्न लागेको हो ।
दुबै टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः०० बजे सुरु हुनेछ । आजको खेलमा मैदान उत्रँदा नेपाल साग इतिहासमा फुटबलतर्फ तेस्रो स्वर्ण जित्ने योजनामा हुनेछ । नेपालले यसअघि सन् १९९३ मा फुटबलतर्फ स्वर्ण जितेको थियो । त्यसपछि सन् २०१६ मा भारतको गुहाटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।
यता साग इतिहासमा पहिलो पटक फाइनमा पुगेको भुटान नेपाललाई हराउँदै ऐतिहासिक स्वर्ण जित्ने योजनामा छ । यसअघि समूह चरणमा भुटानसँग भएको खेमला नेपाल ४–० गोलले विजयी भएको थियो । नेपाल प्रतियोगितामा अपराजित टोली हो ।
नेपाल लगातार दोस्रो पटक सागको पुरुष फुटबलमा फाइनलमा प्रवेश गरेको हो ।
प्रतिक्रिया