देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्याराथनमा नेपालाई स्वर्ण पदक

देशान्तर

काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ ।

पुरुषतर्फको म्याराथनमा नेपालका लागि किरणसिंह बोगटीले स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । भारतका रसपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जिते भने भारतका श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेण्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते ।

किरणको स्वर्णसँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ भने नेपालले एथ्लेटिक्समा ३ स्वर्ण जितेको छ । यसअघि जारी सागमा सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले एथ्लेटिक्समा स्वर्ण जितिसकेका छन् ।

म्याराथनमा धावक बैकुण्ठ मानन्धरको नेपाली कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । सन् १९८७ मा भएको तेस्रो सागमा बैकुण्ठ मानन्धरले निर्धारित दूरी २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा पूरा गरेका थिए । बैकुण्ठ मानन्धरले तीन वटा सागमा म्याराथन दौडमा स्वर्ण पदक जितेका छन् ।