काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाई ४-० को गोल अन्तरले पराजित गरको हो ।
दशरथ रंगशालामा भएको मंगलबार भएको खेलमा नेपालको तर्फबाट कप्तान सुजल श्रेष्ठले पाँचौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
यस्तै खेलको ५० औं मिनेटमा सुजलले नै अर्को गोल थपे । तेस्रो गोल अभिषेक रिजालको नाममा रहृयो । उनले ६६ औं मिनेटमा गोल गरेका थिए भने खेलको ७७ औं मिनेटमा मिक्चेन तामाङले चौथो गोल गरे । उनले डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक मार्फत् गोल गरेका थिए ।
प्रतिक्रिया