अर्जेन्टिना तथा बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले इतिहास रच्दै विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डी’ओर अवार्ड छैटौंपटक जितेका छन् । गएराति फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा आयोजक फ्रान्स फुटबलले ३२ वर्षिय फरवार्ड मेस्सीलाई सन् २०१९ को सर्वाेकृष्ट खेलाडि घोसित गरेको हो ।
मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
मेस्सी ६ पटक बालोन डीुओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९,१०,११,१२ र २०१५ मा यस अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।
मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी बन्न सफल भएका हुन ।
यसैबिच, महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् ।
तेस्तै, लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते ।
विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।
प्रतिक्रिया