देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१३औं साग : नेपालको हातमा चार स्वर्ण

देशान्तर

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपालले चार स्वर्ण पदक जितेको छ । कराँतेमा मण्डेकाजी श्रेष्ठले कराँतेको एकल पुरुष विधामा स्वर्ण जितेर नेपाललाई तेह्रौं सागमा पहिलो स्वर्ण दिलाएका छन् ।

सेमीफाइनलमा पाकिस्तानका नेमतुल्लाहलाई हराएर फाइनलमा पुगेका उनले स्वर्ण पदकको स्पर्धामा पनि पाकिस्तानी खेलाडीलाई पराजित गरेका हुन् । त्यसैगरी कमल श्रेष्ठले नेपाललाई अर्को स्वर्ण पदक दिलाएका छन् ।

श्रेष्ठले भारतका राहुल जैनलाई पराजित गर्दै दोस्रो स्वर्ण दिलाएका हुन् । त्वेकान्दो पुम्से इभेन्ट्समा उनले ८।२७० अङ्क बटुल्दै स्वर्ण पदक जिते नेपाललाई टिम कातामा नेपालले तेस्रो स्वर्ण हात पारेको छ । नेपालकी निर्मला तामाङ, सरु कार्की र संगिता मगरले टिम काँतामा स्वर्ण दिलाएकि हुन् । नेपालले २४।८८ अंक प्राप्त गर्दा पाकिस्तान २३।३ अंकमा सीमित भयो ।

साग गेम अन्तर्गतको ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी छन् । भारत र श्रीलंकाका खेलाडीलाई पछि पार्दै सोनीले स्वर्ण पदक हात पारेकी हुन् । नेपालले स्वर्ण पदक हात पार्दा रजत र कास्य पदक भने भारतले हात पारेको छ । नेपालले अहिलेसम्म चार स्वर्ण पदक आफ्नो पोल्टामा पारिसकेको छ ।