काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’को महिला भलिबलको खेल तालिका सार्वजनिक भएको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् ।
६ टिम सहभागी महिला भलिबल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।
खेल तालिका अनुसार नेपालले बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल अर्को साताको बुधबार हुनेछ ।
यस्तै भारतसँग अर्को साताको शुक्रबार खेल्ने छ ।
समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
नेपालले साग खेल्ने टिमको घोषणा यस अघि नै गरिसकेको छ ।
नेपाली टिममा अरुणा शाही ‘कप्तान’ , प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ, उषा भण्डारी र हिरा के.सी. रहेकि छिन् ।
प्रतिक्रिया