एजेन्सी । पोर्चुगलका कप्तान स्टार स्टा्रइकर क्रिस्टियानो रोनाल्डोले आफनो ९८ अन्तराष्ट्रिक गोल पुरा गरेका छन् । गएराति राति घरेलु मैदानमा पोर्चुगलले युरोछनोटमा लिथुनियालाई ६–० ले हराएको छ । पोर्चुगलको प्रभावशाली जितमा कप्तान रोनाल्डो हिरो बने उनले ६५ औं मिनेटमा ह्याट्रिक पुरा गरे ।
यो जित संगै पोर्चुगल युरोछनोटको नजिक पुगेको छ ।
सातौ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औ मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अघि बढाए । ६५ औ मिनेटमा गोल गर्दै रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।
३४ बर्षका रोनाल्डोले आईतबार हुने खेलमा लक्जमवर्गविरुद्व दुई गोल गरेमा सय गोलको कोशेढुङ्गा पार गर्ने दोस्रो खेलाडी बन्नेछन् । उनी अलि डाईसको विश्व कीर्तिमान भंग गर्न ११ गोलले पछाडी छन् । ईरानका लिजेण्ड डाईसले १ सय ९ गोल गरेका छन् ।
पोर्चुगल ७ खेलबाट १४ अंक सहित समूह बीको दोस्रो स्थानमा छ । सर्वियाले १३ अंक सहित पोर्चुगललाई दबाब दिईरहेको छ । लिथुनिया ४ अंक सहित चौथो स्थानमा छ ।
प्रतिक्रिया