काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा अदालतबाट रिहा भएका छन् । अदालतको आदेशसँगै पूर्व राष्ट्रपति लुइज इनासियो रिह हुनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
गत वर्ष इन्जिनियरहरुसँग घुस लिएको आरोपमा राष्ट्रपति लुइज इनासियोलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो । एक अपराधिको पहिलो अपिल हराएपछि सर्वोच्च अदालतले दोषीलाई कैद आवश्यक पर्ने कानुन संसोधन गरेलगत्तै राष्ट्रपति लुइज इनासियोलाई रिहा गरिएको हो ।
अदालतको उक्त फैसलाले अन्य जघन्य अपराधमा जेल सजाय भोगिरहेकाहरुलाई फाइदा पुग्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् । अदालतबाट रिहा भएलगत्तै लुइज इनासियोले आफूमाथि लागेको आरोप गलत सावित गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनको रिहा लगत्तै भएको र्यालीमा हजारौं समर्थक सहभागी भएको समाचारमा जनाइएको छ । -एजेन्सी
प्रतिक्रिया