काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यउपचार सकेर स्वदेश फर्किएपछि करिब एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन । गत भदौ ५ गते दोस्रो पटक सिंगापुरमा उपचार गरेर भदौ २० गते स्वदेश फर्किएका प्रधानमन्त्री लामो समय पछि सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन ।
सिंगापुरमा स्वस्थ्य उपचार गरेर स्वदेश फर्किएका प्रधानमन्त्री पछिल्लो समय बालुवटार र सिंहदरबारमा मात्रै सक्रिय थिए ।
प्रधानमन्त्री ओली आजदेखि पुनः सार्वजनिक कार्यक्रममा सहभागी हुन थाल्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधामन्त्रीले आज सातौँ राष्ट्रिय विज्ञान दिवसको राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने प्रेस संयोजक अधिकारीले बताए ।
त्यसैगरी आजै संघीय संसदको आधुनिक भवनको सिंहदरबारमा शिलान्यास गर्नछन् । प्रधानमन्त्री ओलीले सिंहदरबारको पुतली बगैँचामा उक्त भवनको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया