काठमाडाै – साफ यू–१५ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउनका लागि नेपाली टिमले आज भुटानसंग खेल्दैछ । भारतको कल्याणी रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउसो सवा १२ बजेबाट सुरु हुनेछ ।
समुह चरणमा साविक विजेता बंगलादेशलाई हराएपनि फाइनलको ढोका खोलेको नेपाली टिमले भुटान विरुद्ध जित्न पर्ने छ । नेपालले हारेको खण्डमा उसको यात्रा समाप्त हुने । आअ हुने अर्को खेलमा बंगलादेशले भारतसँग खेल्दैछ । समुह चरणका तीन खेलमा दुईमा जित र एक हार ब्यहोरेको नेपालले पहिलो खेलमा भारतसँग पाँच शुन्यले पराजित भएको थियो ।
प्रतियोगिताबाट बाहिरीसकेको भुटान भने नेपाल विरुद्ध प्रतिष्ठाका लागि खेल्नेछ । नेपाल भन्दा तुलनात्मक रुपमा कमजोर टिम भुटान विरुद्ध नेपालले सहज जितको अपेक्षा गरिएको छ ।
आज यदि नेपाल विजयी भएमा फाइनलमा भारतसँग खेल्नेछ । यता नेपालको हारले भने बंगलादेशलाई फाइनलमा पुर्याउनेछ ।
प्रतिक्रिया