काटमाण्डौ। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । बुधबार बस्ने भनिएको बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आजका लागि सारिएको हो । आज दउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा पेश गरेको एजेण्डाअनुसार आज भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ ।
कांग्रेसको केन्द्रीय समितिको बैठक असार तेस्रो सातादेखि जारी छ । १४ औं महाधिवेशन र अन्तरिम संरचना गठनसहितका मुख्य एजेण्डामा छलफल सकेको कांग्रेसले आजको बैठकबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान, एकतामा आएको विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल थाल्ने तयारी गरेको छ ।
प्रतिक्रिया