नेपालमा संघीयता कार्यान्वयनसँगै प्रदेश नं. २ का सरकारले आफनो प्रथम काम “बेटी पढाउ, बेटी बचाउ” अभियान संचालन गरेर श्रीगणेशाय गरेको छ । जसको चारैतिर प्रशंसा नै प्रशंसा भएको छ । हाम्रो समाज निर्माणमा नर र नारीको समान भूमिका भए पनि पुरूष र महिला एउटै गाडीको दुई पाङ्गा भए पनि पितृसतात्मक व्यवस्थाका कारण महिला सधै उपेक्षित, अपहेलित र शोषित हुँदै आइरहेका छन् । एउटा भारतीय कविले महिलाको दुःख देखेर यतिसम्म भनेका छन् ।
हाइ नारी तेरी यही कहानी ।
आँचल मे दूध आँखो मे पानी ।।
सदियौदेखि हाम्रो समाज महिलालाई बच्चा जन्माउने मेशिनको रूपमा र उपभोग्य सामग्री जस्तै बुझेका कारण महिला समाजमा पुरूषको जस्तो आफनो क्षमता प्रदर्शन गर्न सकेको छैन । आजको २१ औं शताब्दीमा पनि महिलालाई हक अधिकारबाट वंचित गर्नु भनेको मानव अधिकारको खुलेआम उल्लङ्घन गर्नु हो । हाम्रो वेद, पुराण र शास्त्रहरूले यहाँसँम्म भनेका छन् ।
यत्र पूज्यन्ते नारी ।
तत्र रमन्ते देवता ।।
जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवताको वास हुन्छ । यसै पनि हिन्दू धर्मालम्बीहरूको देवी देवताहरूमा देवी नै शक्तिको प्रतिक, देवी नै धनको प्रतिक र देवी नै विद्याको प्रतिकको रूपमा पूजिन्छ । हाम्रा शास्त्रहरूले नारीको महिमा यतिसम्म भन्दा पनि हाम्रो समाजमा महिला पछाडि पर्नु एकदम दुःखद कुरा हुन् । हामी शास्त्रको अनुयायी हौं । हाम्रो सम्पूर्ण कर्म शास्त्रसम्मत नै हुनुपर्छ । अति मात्रै हाम्रो कल्याण हुन्छ ।
हाम्रो समाजमा दाइजो प्रथाका कारण हाल भ्रुण हत्या गर्ने क्रम निकै नै बढेर गएको छ । कानूनले भ्रुण हत्या निषेध गरे पनि पैसाको लोभमा परेर केही चिकित्सकहरू पेशेबर नै भएका छन् । जुन हाम्रा निम्ति धेरै सोचनीय विषय हुन् । बेटी बचाउ, बेटी पढाउ अभियानबाट भ्रुण हत्यामा ठूलो कमी आउने छ । कारण प्रदेश नं. २ को सरकारले २०७५ माघ १ गतेबाट जन्मने छोरीहरूका निम्ति एक लाखको वीमा गरिदिने दुरदर्शी योजना कार्यान्वयनमा ल्याएका छन् । त्यससँगै कक्षा ८ मा अध्ययनरत छात्राहरूका निम्ति साइकल वितरण तथा दलित, मुस्लिम र अल्पसंख्यक छात्राहरूको निम्ति पढाईमा सहयोग हुने गरि मासिक रू ५००।– को दरले छात्रवृति दिने घोषणा पनि आफनो बजेट वक्तव्यमा उल्लेख गरेका छन् । जसका कारण प्रदेश सरकार प्रमुख धेरै नै धन्यवादका पात्र हुुनुहुन्छ । साइकल वितरण कार्यक्रमको शुभारम्भ भएर विद्यालयकाा छात्राहरूलाई हस्तान्तरण धमाधमरूपमा भइरहेको छ । यदि यो योजनाको सफल कार्यान्वयन भयो भने यो अभियान सातै प्रदेशका सरकार लागू गर्न बाध्य हुेनछ । कारण महिलाको सवालमा सातै प्रदेशमा समान समस्या रहेका छन् ।
भारतकी भूतपूर्व प्रधानमंत्री इन्दिरा गांधीले भनेकी थिइन । कि – “म महिलालाई ठूल ठूला पदमा गएको हेर्न चाहन्न । मलाई त महिलाले आफनो जीवन बुझुन र त्यसै अनुरूप जीउन भन्ने चाहना छ ।” त्यसै पनि महिलाको निम्ति पद ठूलो कुरो होइन । योग्यता र क्षमता भएमा पद त्यसै पाइहालिन्छ । केवल हाम्रो पुरूष प्रधान समाजले उसका निम्ति योग्यता र क्षमता प्रदर्शन गर्ने ढोका खोलिदिनुपर्छ । प्रदेश नं. २ का सरकारको यस अभियानबाट हाम्रो समाजमा छोरीप्रति हेरिने दृष्टिकोणमा फरक अनुभव गरिनेछ । हाम्रो मधेशका चेलीबेटीहरू आफनो खुट्टामा आफै उभ्न सक्ने एउटा सक्षम नागरिकको रूपमा देखा पर्नेछ । पुरूषप्रति निर्भर रहने प्रथाको अन्त हुनेछ ।
२००७ सालको राजनैतिक क्रान्तिदेखि २०७३ सम्मको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि पनि महिलालाई एउटा समावेशीको रूपमा मात्रै देखिन्थयो । आधा आकाश ढाकेका महिलालाई समावेशी समूहमा राख्नु नै हाम्रो नेतृत्वको ठूलो भूल थियो । फलतः हाम्रो समाज अगाडि बढ्न सकेन । जुन कामको शुरूवात प्रदेश नं. २ को सरकारले गरेर एउटा उदाहरणीय र गर्व गर्ने लायक श्रेय पाउन सफल भएका छन् । प्रदेश सरकारको यस अभियानले महिलाको हौसला बुलन्द गरेका छन् । छोरा र छोरीप्रतिको विभेदको जरा उखेल्न थालिएको छ ।
छोरी पाउनु अब गौरवको विषय बन्दैछ । छोरीलाई दाइजो होइन कि शिक्षा दिने सार्थक अभियानको प्रचलन शुरूवात हुनेछ । एउटा पाङ्ग्राले गाडी नचले जस्तै महिलाको शिक्षा विना समाज विकास नहुने कुरामा सव एकमत भएका छन् । छोरालाई तराई नै दिने र छोरीलाई पराई बुझने मान्यतामा भूइँचालो नै गएको छ । हाम्रा शास्त्रहरूले पनि नारी निन्दा नगर्न र सम्मान दिन भनेका छन् । नारीबाट नै महान आत्माहरूको जन्म हुन्छ र त्यही महापुरूषबाट हाम्रो वसुधाको कल्याण हुन्छ । एउटा शास्त्रले भनेका पनि छन् कि –
नारी निन्दा मत करो
नारी नर की खान ।
नारी से नर होत है
ध्रुव प्रल्हाद समान ।।
अन्तमा यस अभियानको सफलताको कामना गर्दै आफनो शब्दलाई यही विराम दिन चाहन्छु ।
(मधेश दर्पण फिचर सेवा)
प्रतिक्रिया