देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेन्ट्रल जोन भलिबलमा नेपाल र माल्दिभ्स भिड्दै, दुबैटिम ‘गर या मर’को स्थितिमा

देशान्तर

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा आज नेपालले माल्दिभ्सको सामना गर्दै छ । ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा अपरान्ह ५ बजे सुरु हुने खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् ।

यो खेल दुबै टिमका लागि गर या मर को खेल हुनेछ किनभने अघिल्लो चरणमा पुग्न दुबै टिमलाई जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाल्ने टोलि अघिल्लो चरणमा पुग्ने छ भने हार्ने टोलि प्रतियोगिताबाट निस्कनेछ ।

दुवै टोली प्रतियोगितामा जित विहिन छन् । समुह एको पहिलो खेलमा दुवै टिम किर्गिस्तानसंग पराजित भएका थिए ।

आजै हुने अन्य खेलहरु;
उज्वेकिस्तान Vs अफगानिस्तान
समय: दिउँसो ३ बजे

तुर्केमेनिस्तान Vs बंगलादेश
समय:साँझ ७ बजे