देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी यू–१९ क्रिकेटमा नेपालले पहिलो खेलमा आयोजक श्रीलंकासँग खेल्ने

देशान्तर

श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ क्रिकेटमा नेपालले पहिलो खेलमा आयोजक श्रीलंकासँग खेल्ने भएको छ ।
एसीसी यूथ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ । नेपालको दोस्रो प्रतिद्वन्द्वीका रुपमा बंगलादेशसँग सेप्टेम्बर ८ तारिखमा खेल्नेछ ।

समूहको अन्तिम खेलमा नेपालले अर्को एसोसियट टिम युएईसँग १० तारिखमा खेल्नेछ ।

८ राष्ट्र सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, पाकिस्तान, अफ्गानिस्तान र कुवेत रहेका छन् ।

प्रतियोगिताको दुई समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताका लागि नेपाली टिमले दुई साता अगाडीदेखि प्रशिक्षण गरिरहेको छ ।