देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भौतिक पूर्वधारमन्त्री महसेठको यातायातमा दादागिरी

देशान्तर

काठमाडौँ । सरकारले भ्रष्टाचारको महत्वपुर्ण कार्यलयका रुपमा रहेको यातायात व्यवस्था विभागमा १५ महिनामा पाँच जना महानिर्देशक परिवर्तन गरेको छ । पछिल्लोपटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्नो कार्यकालमा पाँचौ महानिर्देशक नियुक्त गर्ने सिलसिलामा गोगनबहादुर हमाललाई महानिर्देशकको जिम्मेवारी दिएका छन् ।

गत फागुन २७ गते नियुक्त भएका कुमारप्रसाद दाहाललाई साउनमा सरुवा गरेपछि विभागको नेतृत्व खाली रहेको थियो । खाली रहेको ठाउँमा सुदूर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलको सचिव गोगनबहादुर हमाललाई तानिएको हो ।

यसअघि विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालले काठमाडाँैको नयाँ बसपार्क सुधार, स्मार्ट लाइसेन्स छपाइमा बदमासी गर्नेहरुलाई कारबाही गर्ने तयारी गरेपछि सरुवा भएको थियो ।

यातायात व्यवसायी र ठेकेदार कम्पनीका पक्षमा काम गर्दै आएका मन्त्री महासेठले १५ महिनाभित्रै यातायात व्यवस्था विभागमा पाँच जना महानिर्देशकको नियुक्त गरिसकेका छन् । यीमध्ये ३ जनाको सरुवा, एक जनालाई निमित्त दिएर पछि हटाइयो भने गोगनबहादुर हमाल भर्खरै नियुक्त गरिएको हो ।

तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईको पहलमा यातायात व्यवस्था विभागले २०७४ चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो ।