देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइएमई लाइफ इन्स्योरेन्सले मनायो वार्षिक उत्सव

देशान्तर

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यावसायिक कारोवार विधिवतरुपमा सञ्चालन भएको दुईवर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा शुभकामना दिँदै समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए ।

चालु आ.व.२०७६–७७ मा थप शाखा बिस्तार गरि बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने जानकारी गराए ।

सोहि अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभलाई मध्यनजर गरि भर्खरै बीमा समितिवाट स्वीकृती प्राप्त नयाँ जीवन बीमालेख आइएमई सामूहिक सावधिक बोनस सहितको जीबन बीमा योजना सार्वजनिक गरेको छ ।