शुक्रबार (आज)देखि स्पेनिस ला लिगा फुटबल सुरु हुँदैछ तर मेस्सी भने खेल्ने छैनन् । पिँडुलाको चोटबाट निको हुने प्रयास गरिरहेका अर्जेन्टिनी स्टारले टिम भन्दा बाहिर रहेर छुट्टै अभ्यास गरिरहेका छन् ।
पहिलो दिन आज राति साविक विजेता बार्सिलोना र एथ्लेटिक क्लब आमने सामने हुँदैछन् । यो खेल नेपाली समय अनुसार राति (12:45) पौने एक बजे हुनेछ ।
बार्सिलोनाका मुख्य प्रशिक्षक ईर्नेस्टो भाल्भर्डेले मेस्सीलाई लिएर आफुले कुनै जोखिम उठाउन नचाहेको प्रष्ट पारेका छन । प्रशिक्षक भाल्भर्डेले ला लिगाको उपाधि रक्षामा मेस्सीलाई लिएर कुनै जोखिम नलिएको प्रष्ट पारे ।
बार्सिलोनाले विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरेको छ । उसले एन्टोइन ग्रिजम्यान, फ्रेंकी डि जोङ, जुनियर फिर्पो जस्ता खेलाडी अनुबन्ध गरिसकेको छ र अझ पनि केही खेलाडी थप्ने मनसायमा छ ।
प्रतिक्रिया