देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कस्ले जित्ला उत्कृष्ट पुरुष खेलाडीको उपाधि?

देशान्तर

युरोपेली फुटबल महासंघ ‘युईएफए’ले उत्कृष्ट बर्ष पुरुष खेलाडीको अन्तिम तीन जनाको नाम सार्वजनीक गरेको छ । गत सिजन गरेको प्रर्दशनका आधारमा युईएफएले अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनीक गरेको हो ।

बर्ष खेलाडीको अन्तिम मनोनयनमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डाइक परेका छन् । बार्सिलोनाबाट मेस्सी, युभेन्ट्सबाट रोनाल्डो र लिभरपुलबाट डाइकले अन्तिम सुचिमा स्थान बनाएका हुन ।

युईएफएले अगष्ट २९ मा एक कार्यक्रमको आयोजना गरेर अवार्ड विजेता खेलाडीको नाम सार्वजनीक गर्ने छ ।

मेस्सी
युईएफएको गोल अफ दी ईयर जितेका मेस्सीले गत सिजन बार्सिलोनाबाट ५१ गोल गरेका थिए । उनले सिजनको अन्तिममा स्पेनिस लिगको उपाधि जितेका थिए ।

रोनाल्डो
यता युभेन्ट्समा डेब्यु सिजनमा २८ गोल गरेका रोनाल्डोले क्लबलाई लिग उपाधि जिताएका थिए । पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि जिताएका रोनाल्डोले गत सिजन उत्कृष्ट फर्ममा देखिएका थिए ।

डाइक
यता लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका डाइकले डच टिमलाई नेसन्स लिगको फाईनलसम्म पु¥याएका थिए ।