देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस कार्यसमितिको बैठक भदौ ११ गते बस्ने

देशान्तर

नेपालि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी भदौ ११ गते दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय समितिको हिजोको बैठकमा पार्टी अनुशासन समितिको प्रतिवेदन पेस भएको छ । गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र त्यसका समर्थक, प्रस्तावकलाई कारबाही गरेको प्रतिवेदन अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेले केन्द्रीय समितिमा पेस गरेका छन् ।
अनुशासन उल्लंघनका घटना फरक–फरक ढंगका भएको भन्दै समितिले कारबाहीको दायरा पनि फरक गर्न सुझाएको छ ।

नयाँ विधान र नियमावलीका आधारमा बाँकी कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा बुधबार (हिजो) महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।