देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय तरकारीमा विषादी परीक्षण नरोकिएको मन्त्री यादवको दाबी

देशान्तर

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्तृका प्रसाद यादवले जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने विषयमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावलि २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्न उत्तर कार्यक्रम अन्र्तगत सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कालोबजारी रोक्ने र गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने जिम्मेवारीमा सरकार कटिबद्ध रहेको बताउनुभएको छ । उहाले सबै प्रदेशका मन्त्री, महानगर, उपमहानगरपालिका लगायतका पदाधिकारीहरुसँग वृहत छलफल गरी योजना बनाउने काम भएको भन्दै अनुगमन र कारबाही गरेको पनि सुन्न र देख्न आग्रह गर्नुभयो ।