नेपाली कांग्रेसका सांसद एवम् पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कंडेलले कंचनपुरकि १३ बर्षिया किशोरी निर्मला पन्तको हत्याको बिषयमा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिले नेपालीको शिर निहुरिएको बताउनुभएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा कंडेलले निर्मला हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापाले दिएको सार्वजनिक अभिव्यक्ति समेत आपत्तिपूर्ण रहेको दावी गर्नुभयो । ‘निर्मला हत्या जस्ता घटना विगतमा पनि भएका थिए, आज पनि छन् भविष्यमा पनि हुनसक्छन् भन्ने गृहमन्त्रीको यही ठहर हो भने निर्मला जस्तै घटना तपाईंको परिवारमा भएको भए तपाईंको अभिव्यक्ति यही हुन्थ्योभन्दै प्रश्न गर्नुभयो।
गृहमन्त्रीले यो अभिव्यक्ति फिर्ता लिनुपर्ने पनि उहाको माग रहेको छ ।
सांसद कंडेलले निर्मला हत्या प्रकरण पञ्चायतको समयमा पोखरामा भएको नमिता–सुनिता हत्या काण्डजस्तै भएको टिप्पणी गर्नुभयो । २०३८ सालमा पोखरामा नमिता–सुनिता हत्या काण्ड भएको थियो, दरवार र श्रीपेचको आडमा त्यो घटना लुकाइयो’ कंडेलले भन्नुभयो ‘विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिको आडमा कञ्चनपुर घटना भएको महसूस गरेका बताउनुभयो
कंडेलको अभिव्यक्तिप्रति नेकपाकी सचेतक शान्ता चौधरीले नियमापत्ति गर्न खोज्नुभएको थियो । नियमापत्ति शब्द उच्चारण नगरी उहाले भन्नुभयो ‘सिंहदरबारबाट घटाइएको भन्ने शब्द रेकर्डबाट हटाउनु पर्ने उहाले बताउनुभयो ।
कांग्रेस सांसदको भनाइमा सत्तारुढ दलकी सांसदले जवाफ फर्काएपछि कांग्रेसका मीनबहादुर विश्वकर्माले नियमापत्ति माथि नियमापत्ति गर्नुभयो । ‘संसदमा एक माननीय बोलेको बेला अर्को माननीयले जवाफ दिएर जुहारी गराउन मिल्छ भन्दै विश्वकर्माले सभामुखसँग प्रश्न गर्नुभयो ।
जवाफमा सभामुख कृष्णबहादुर महराले ध्यानाकर्षण भएको बताउनुभयो ।
प्रतिक्रिया