नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्रनम्बर १ का सांसद प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
अस्वस्थ भएपछि अस्पताल भर्ना भएका नेता सिंहलाई उच्च ज्वरो आएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । ६३ वर्षीय सिंहलाइ स्वास्थ्य परीक्षणको क्रममा युरिन इन्फेक्सन र हाई सुगर भएको पत्ता लागेको थियो ।
आठ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार हुँदै गएको उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।
ज्वरो आएपछि चार दिनसम्म घरमै आराम गरे पनि निको नभएपछि सिंहलाई अस्पताल लगिएको थियो ।
प्रतिक्रिया