देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा सचिवालयका नेतालाई विभागीय जिम्मेवारी नदिन दबाव

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अधिकांश स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुले सचिवालयमा रहेका नेताहरुलाई बिभागीय प्रमुखको जिम्मेवारी नदिन लिखित र मौखिक सुझाव दिएका छन् ।

जिम्मेवारी पाउन बाँकी रहेका स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुको रुचि अनुसार भूगोल, विभाग र मोर्चा संगठनको जिम्मेवारी दिनका लागि महासचिव विष्णु पौडेलले व्यक्तिगत रुपमा भेटेर उनीहरुको चाहना बुझ्नेक्रममा यस्तो सुझाव आएको हो ।

स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, बेदुराम भुसाललगायतका नेताहरुले सचिवालयले सिंगो पार्टी कमाण्ड गर्ने भएकाले सचिवालय सदस्यहरुलाई बिभाग प्रमुख नबनाउन सुझाव दिएको स्रोतले जनाएको छ । अधिकांश नेताहरुले सचिवालयमात्र होइन मन्त्रीलाई पनि अन्य जिम्मेवारी दिन नहुने बताएका छन् ।

सचिवालय सदस्य रामबहादुर थापाले अघिल्लो सचिवालय बैठकमै यो प्रस्ताव राखेका थिए । अर्का सचिवालय सदस्य ईश्वर पोखरेल पनि एउटा विभागमा विवाद गरेर बस्नुभन्दा सचिवालयमा रहने नेताले कुनै पनि बिभागमा सीमित हुन नहुने पक्षमा छन् ।