देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध, अर्को बैठक भोलि २ बजे

देशान्तर

काठमाडौं । सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले बुधबारको संसद बैठक अवरुद्ध गरेका छन् ।
बुधबार बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुवै दलका सांसदहरुले रोस्ट्रम घेराउ गरेका हुन् । विपक्षीहरुले संसदीय सर्वोच्चता कायम गरु, मानवअधिकारको हनन गर्न पाइँदैनु, निर्मला पन्तका हत्यारालाई कारबाही गरु, संसदीय छानबिन समिति गठन गरु लगायत नाराबाजी गरेका थिए ।

साथै सभामुख र उपसभामुख एउटै हुन नपाइने संविधानमै उल्लेख भए पनि कार्यान्वयन नभएको भन्दै नाराबाजी गरेका थिए । यसमा सभामुख कृष्णबहादुर महराले अदालतमा विचाराधीन मुद्दामा बोल्न नपाइने बताएका थिए । यस्तै सभामुखको विरुद्धमा अभिव्यक्ति नदिन चेतावनीसमेत दिएका थिए ।

विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै झन्डै आधा घण्टा बढी नाराबाजी गरे । दुई दलको नाराबाजी र अवरोध नगर्न पटक(पटक सभामुख महराले अनुरोध गरेका थिए । उनले अवरोध हटाई छलफलको वातावरण बनाउन आग्रह गरिरहेका थिए । उनले संसद अवरोध भएपछि छलफल नहुने र छलफल नभएपछि संसदीय सर्वोच्चता कायम नहुने बताएका थिए । ुथाक्नुभयो होला, आसनमा बस्नुहोला, सभामुख महराले भने ।

तर, कांग्रेस र राजपाका सांसदहरुले मानेनन् । प्रतिपक्ष दलका सांसदहरुले रोस्ट्रम घेरेर नाराबाजी गर्दै संसद अवरुद्ध गरेपछि सभामुख महराले प्रतिनिधिसभाको अर्को बैठक भोलि ९बिहीबार० दिउँसो २ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे ।