आइसिसी टी-२० विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपाल र मलेसियाबीचको खेल वर्षाले प्रभावित भएको छ।
सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा निर्धारित खेल लगातारको वर्षाका कारण टस हुन सकेको छैन।
सिंगापुरको मौसम पूर्वानुमानअनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म पानी पर्ने उल्लेख छ। नेपाल र मलेसियाबीचको खेल हुनका लागि त्यहाँको १२ बजे (नेपालको ९:४५ ) भित्र खेल हुनु पर्नेछ। त्यसैले नेपाल र मलेसियाबीचको खेल रद्द हुने सम्भावना बढेको छ।
खेल रद्द हुँदा नेपालको विश्व छनोटमा पुग्ने सम्भावना गणितीय मात्र बाँकी हुनेछ। पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित नेपालका लागि अघिल्लो चरणमा पुग्न अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ।
प्रतिक्रिया