देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कतारलाई नेपालद्वारा  १२३ रनको सामान्य लक्ष्य

देशान्तर

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो ।

कतारविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि नेपालले उच्च स्कोर बनाउन सकेन । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको कीर्तिमानी साझेदारी गरेपनि नेपालले उच्च स्कोर बनाउन असफल भयो ।

कप्तान पारस र ज्ञानेन्द्रको यो साझेदारी टी-ट्वान्टी अन्तराष्ट्रियमा पहिलो विकेटका लागि नेपालको सर्वाधिक रनको साझेदारी हो । कप्तान पारस २८ रनमा आउट हुँदा ज्ञानेन्द्र २३ रनमा पेभेलियन फर्किए ।

यसअघि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी सुवास खकुरेल र सागर पुनको नाममा थियो । सन् २०१४ मा सुवास र सागरले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।

कप्तान पारस र ज्ञानेन्द्र आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो  । तर, मध्ये क्रममा आएका दिपेन्द्र सिंह ऐरीले नेपालका लागि सर्वाधिक ३४ रन जोड्दै इनिङ्स उकासेका थिए ।

यस्तै सोमपाल कामीले ११ सन्दीप लामिछानेले ९ तथा  शरद भेषवाकरले ७ रन जोडे  ।