काठमाडौँ- भारतको दिल्ली राज्यकी पूर्वमुख्यमन्त्री शीला दीक्षितको निधन भएको छ। १५ वर्ष लगातार दिल्लीको मुख्यमन्त्रीको कुर्सी सम्हालेकी शीलाको शनिबार दिउँसो ८१ वर्षको उमेरमा निधन भएको हो ।
उनको नेतृत्वमा कांग्रेसले दिल्लीमा लगातार चुनाव जितेको थियो। उनी गत लोकसभा निर्वाचनमा पनि दिल्लीबाट उम्मेदवार बनेकी थिइन्।
शीलालाई प्रखर महिला वक्ताका रूपमा समेत चिनिने गरेको थियो । शीलाको एस्कार्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लोकसभामा पनि सांसद रहेकी थिइन् भने राज्यपालको भूमिका समेत निर्वाह गरेकी थिइन् । उनी हाल कांग्रेसकी दिल्ली प्रदेशकी अध्यक्ष पनि थिइन्।
प्रतिक्रिया