पहिलो पटक शुरु भएको मौलिक सांगीतिक रियालिटी ‘शो’ ‘नेपाल लोक स्टार’मा मेगा अडिसनबाट २३ जना प्रतिभा छनोट भएका छन् । जर्ज राउन्डबाट मेगा अडिसनमा आइपुगेका १०९ बाट २३ जना प्रतिस्पर्धी छनोट भएका हुन् ।
तीजनाले गोल्डेन स्टार पाएकाले शुक्रबार साँझ भएको मेगा अडिसनबाट १७ जना प्रतिस्पर्धीलाई छनोट गर्नुपर्ने ‘शो’को फम्र्याट भए पनि निर्णायकहरुले थप पाँच जना प्रतिस्पर्धी छनोट गरेका छन् । ‘नेपाल लोक स्टार’मा अब जम्मा २५ जना प्रतिस्पर्धी बाँकी छन् ।
साइलेन्स अडिसन, ओपन अडिसन, प्रि–अडिसन, जर्ज अडिसन हुँदै ‘नेपाल लोक स्टार’ले मेगा अडिनि सम्पन्न गरिसकेको छ ।
अब अर्को साता प्रशारण हुने नवौं श्रृंखालाबााट पाँच जना बाहिरिएर २० जना बाँकी रहने आयोजक चहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । यसलाई टप ट्वान्टी स्थापित गर्ने श्रृंखला भनिने छ । “२० जना छनोट भइसकेपछि फाइनल राउन्ड भनिनेछ,” अध्यक्ष कोइरालाले भने, “यसपछि भोटिङ शुरु हुनेछ ।”
उत्कृष्ट २० मा पुगेपछि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकमा निर्णयको अधिकार रहनेछ । ८० प्रतिशतमा ४० प्रतिशत मोबाइल एसएमएस र बाँकी ४० प्रतिशत अनलाइन भोटिङबाट निर्णय लिइने छ । ग्रान्ड फिनालेसम्म निर्णायकको फम्र्याट यही रहनेछ । उत्कृष्ठ पाँच ग्रान्ड फिनालेमा पुग्नेछन् ।
‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।
प्रतिक्रिया