देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अदालतबाट रिहा भएलगत्तै बिप्लवका चार कार्यकर्ता पक्राउ

देशान्तर

राजद्रोह मुद्दामा पक्राउपछि तनहुँ जिल्ला अदालतबाट सामान्य रिहा भएलगत्तै नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका चार कार्यकर्तालाई प्रहरीले पक्रेको छ ।

मुद्दाको सुनुवाईका लागि तनहुँ जिल्ला अदालत लगिएकामा अदालतले रोल्पाका जंगबहादुर भण्डारी ‘आक्रोश’, कास्कीका सन्तोष परियार ‘परिवर्तन’, भोजपुरका मिलन राई र गोरखाका काजी गुरुङलाई साधारण तारेखमा रिहाको आदेश दिएको थियो ।

अदालतले रिहा गरे पनि प्रहरीले पक्राउ गर्ने डरले चारैजना राति अबेरसम्म पनि अदालत परिसरमै थिए । भित्र र बाहिर दुवैतिर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएपछि चारैजना कार्यकर्ता अदालतबाट बाहिर निस्केका थिए । उनीहरुविरुद्ध स्याङ्जा जिल्ला अदालतमा पनि राजद्रोह मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए ।