देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलेशियालाई हराउँदै नेपालद्वारा टी :२० शृङ्खला कब्जा

देशान्तर

मलेसियाविरुद्धको शृंखला २(०ले आफ्नो पक्षमा पारेपछि नेपालले पहिलो पटक टि(२० अन्तर्राष्ट्रिय शृंखला जितेको हो।

दोस्रो खेलमा आइतबार नेपालले मलेसियालाई ११ रनले पराजित गर्दै शृंखला क्लिनस्विप गरेको हो। यसअघि शनिबार भएको पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो।

दोस्रो खेलमा नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमा समेटियो

मलेसियाका ओपनर सयद अजिजले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउँन सकेनन्। यस्तै अमिनुद्दिन राम्लेले २४ रन, वीरनदीप सिंहले २३, मोहम्मद सायदातले २१ तथा अहमद फैजले १७ रन जोडे।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान २(२ विकेट लिए।

त्यसअघि विनोद भण्डारीले २५ बलमा ५१ रन जोडेपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो। विनोदले ३ चौका र ५ छक्का प्रहार गरेका थिए।

यस्तै शरद भेषावकरले ४० रन बनाए। २८ बल खेलेका शरदले ४ चौका र २ छक्का प्रहार गरे। कप्तान पारस खड्काले १९ बलमा २ चौका र २ छक्काको मद्दतमा २३ रन बनाए।

उनीहरुबाहेक रोहितकुमार पौडेलले १९ तथा करण केसीले १६ रन बनाए।

मलेसियाको क्वालालाम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा जारी दोस्रो खेलमा शृंखला क्लिन स्विप गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिएको हो।