देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१८ अर्बको बढीको आईपीओ सार्वजनिक

देशान्तर

चालू आर्थिक वर्षको हालसम्म २८ कम्पनीको १८ अर्बभन्दा बढीको प्राथमिक सेयर आईपीओ सार्वजनिक भएको छ । नेपाल धितोपत्र बोर्डले गत साउनदेखि हालसम्म २८ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । बोर्डले १८ अर्ब ६५ करोड ८५ लाख ६२ हजार ८ सय रुपैयाँ बराबरको १८ करोड ६५ लाख ८५ हजार ६२८ कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो ।

बोर्डका अनुसार १६ वटा हाइड्रोपावर कम्पनी र १२ वटा लघुवित्त कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका हुन् । अनुमति पाएका मध्ये २६ वटा कम्पनीको आईपीओ बजारमा आइसकेको छ । हाल हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ जारी रहेको छ । यीमध्ये सबैको लघुवित्त वित्तीय संस्था सेयर १ साउन बाट जारी हुने जनाइएकोे छ ।

बजारमा १८ अर्बभन्दा बढीको आईपीओ आउदाँ पनि यो वर्ष सेयर बजारमा सकारात्मक असर नपरेको लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकालले बताए । उनले भने ‘चालू आर्थिक वर्षमा बजारमा आईपीओ हकप्रद र बोनस सेयर बजारमा अधिक आए पनि सेयर बजारले भने ११ सयको बिन्दुलाई छोयो ।’ केही हदसम्म बजार पुँजीकरणलाई भने सहयोग पु(याएको ढकालले बताए । ‘त्यस्तै, अर्को कुरा यो वर्ष शिवम् सिमेन्टको पनि आईपीओ बजारमा आयो । पहिले शिवम्को आईपीओ प्रिमियममा आउँदा लगानीकर्ताको चासो त्यति नदेखिए पनि दोस्रो बजारमा सूचीकृत भएको छोटो समयमै दोब्बरभन्दा बढीले वृद्धि भयो । यो बजारका लागी नौलो कुरा थियो ।’

यसरी हेर्दा विगतको तुलनामा चालू आर्थिक वर्षमा आईपीओकै माध्यमबाट नयाँ लागनीकर्ता भने बजारमा प्रवेश भएको ढकालले बताए ।