देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढीप्रभावित क्षेत्रमा खाद्यान्न पठाउने सरकारको तयारी

देशान्तर

सरकारले बाढीप्रभावित क्षेत्रमा खाद्यान्न पठाउने तयारी गरेको छ । शुक्रबारदेखि आएको वर्षाका कारण विभिन्न जिल्ला प्रभावित भएपछि खाद्यान्नको अभाव हुनसक्ने भन्दै प्रभावित क्षेत्रमा खाद्यान्न पठाउने तयारी गरिएको हो । खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन प्रभावित जिल्लामा खाद्यान्न पठाउने तयारी गरिएको हो । प्रभावित क्षेत्रबाट माग आएपछि गृह मन्त्रालयमार्फत खाद्यान्न पठाउने तयारी गरिएको हो । यसैगरी, विपद् व्यवस्थापन केन्द्रीय कार्यकारी समितिको बैठकले प्रभावित क्षेत्रमा खाद्यान्न वितरणको व्यवस्था खाद्य संस्थानमार्फत गर्ने निर्णय गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको अध्यक्षतामा शनिवार बसेको बैठकले प्रारम्भिक रूपमा कुन ठाउँमा कति क्षति भयो त्यसको आकलन गरेर मात्र खाद्यान्न पठाउने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ । सरकार र निजी क्षेत्र मिलेर कसरी बाढी प्रभाविगत क्षेत्रमा सहयोग गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगन्द्र गौचनले जानकारी दिए । “अहिले कुन जिल्लामा कति क्षति भयो भनेर प्रारम्भिकरूपमा तथ्याङक संकलन गर्ने काम भइरहेको छ,” महानिर्देशक गौचनले भने, “जुन ठाउँमा खाद्यान्नको माग हुन्छ त्यहाँ तत्काल पठाउँछौं ।” खाद्य संस्थानसँग पर्याप्त खाद्यान्न मौज्दात रहेकाले आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा खाद्यान्न पठाइने उनले जानकारी दिए । संस्थानसँग पर्याप्तमात्रामा खाद्यान्न रहेकाले खाद्यान्नको आपूर्ति व्यवस्थामा अभाव नहुने उनले जानकारी दिए ।

अहिले सरकारी स्वामित्वमा रहेको नेपाल खाद्य संस्थानसँग पर्याप्त खाद्यान्न मौज्दात रहेकाले आवश्यकताअनुसार तत्काल पठाउने गरी तयारी रहेको संस्थानसँग अहिले १५ हजार टन खाद्यान्न मौज्दात छ । यस्तै, आपतकालीन अवस्थाका लागि सार्क खाद्य सुरक्षा भन्डारणमा २५ हजार टन खाद्यान्न रहेको छ । जुन मुलुकमा प्राकृतिक प्रकोप, आपतकालिन अवस्थाका लागि भनेर राखिएको छ । निजी क्षेत्रका व्यवसायीसँग छलफल गरेर कसरी प्रभावित क्षेत्रमा खाद्यान्न पठाउने भनेर तयारी भइरहेको उनले जानकारी दिए ।
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनसँग पनि नुन खाद्यान्न रहेकाले बाढीप्रभावित क्षेत्रमा माग आए तत्काल पठाउने सकिने मन्त्रालयले जानकारी दिएको छ ।