देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वस्तिमा र विपिन लाई उत्कृष्ट नायक नायिका राष्ट्रिय चलचित्र अवार्ड

देशान्तर

काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार– २०७५’ मा उत्कृष्ट नायक र नायिका उपाधि स्वस्तिमा खड्का र विपिन कार्कीले पाएका छन्। स्वस्तिमा चलचित्र बुलबुलबाट र विपिन चलचित्र प्रसादबाट उत्कृष्ट नायक नायिकाको सम्मान प्राप्त गरेका हुन्।
यस्तै ‘चलचित्र दीर्घ साधना सम्मान’ बाट निर्देशक तुलसी घिमिरेलाई सम्मान गरिएको छ। उनलाई नगद ३ लाख ५१ हजार अनि सम्मानपत्र सहित सम्मान गरिएको हो।

निर्देशक विनोद पौडेलले डेब्यू निर्देशनमै राष्ट्रिय चलचित्र अवार्ड जितेका छन् । गत वर्ष विनोदले निर्देशन गरेको चलचित्र ‘बुलबुल’बाट उनले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका हुन् ।

उक्त अवार्ड चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको छ । बोर्डले अवार्ड शुक्रबार वितरण गरेको थियो । चलचित्र ‘बुलबुल’ बाटै स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । ‘बुलबुल’ विदेशी गएको श्रीमान पर्खेर बुद्ध शसुरा र सानी छोरीलाई आफ्नै श्रमको कमाइले पालेर बसिरहेकी महिलाको कथा हो । यसमा स्वस्तिमा टेम्पो चालकका रुपमा छिन् ।
चलचित्रको कथा निर्देशक विनोद पौडेल स्वयम्ले लेखेका हुन् ।