देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सप्तकोशीमा खतराको बत्ती बालियो, स्थानीयलाई सतर्क रहन आग्रह

देशान्तर

काठमाण्डौ । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो ।

ब्यारेज प्रहरीका अनुसार पानी निकासीको लागि ५६ मध्ये २३ वटा ढोका खोलिएको छ ।

प्रहरीका अनुसार बिहीबार राती पानीको बहाव १७८११० क्युसेकपुगेको थियो । बिहान ४ बजे केही घटेर १६८८२० पुगे पनि ८ बजेदेखि फेरि बढ्न थालेको हो । पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ । स्थानीय प्रशासनले नदीको किनारमा रहेका स्थानीयहरुलाई सतर्क रहन सुचना जारी गरेको छ । सप्तकोशीको पानीको बहाव कोशी ब्यारेजमा मापन गरिन्छ ।