देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र ‘साइनो’ को ट्रेलरमा अहिलेसम्मकै भिन्न अवतारमा देखा परिन् नायिका निता, हेर्नुहोस् भिडियो

देशान्तर

काठमाडौं । वरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्र ‘साइनो’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रको ट्रेलरमा निता ढुङ्गाना, मीरुना मगर र राज कुमारबीचको प्रेमलाई देखाइएको छ । चलचित्रमा निता, मिरुना र राजसँगै भुवन चन्द थापा, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, विशाल पहाडी, भीमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय रहेको छ ।

चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । यसै गरी चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् । चलचित्रमा अभिमन्यु निरवीको कथा छ भने रमेश थापाले निर्देशन गरेका हुन् । चलचित्र साउन २४ गते देखि देशभरका सिनेमाघरमा आउँदै छ ।