देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाधिवेशनको कार्यतालिका तोक्ने प्रकृया अघि बढाउन कांग्रेसको केन्द्रिय समिति बैठक आज बस्दै

देशान्तर

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज बस्दैछ । गत आइतवार १४ वटा एजेण्डा मात्र प्रस्तुत गरेर रोकिएको बैठक आज पुनः बस्न लागेको हो । बैठकको प्रमुख एजेण्डा नियमावली मस्यौदा पारित गर्ने र संघीय संरचनाअनुसार संगठन निर्माण गरी १४ औँ महाधिवेशनको कार्यतालिका तोक्ने प्रकृया अघि बढाउने रहेको छ ।

यस्तै बैठकमा विधानको व्यवस्थाअनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण गर्ने, २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पार्टीको राष्ट्रिय जागरण अभियानको एकिकृत प्रतिवेदन र नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत हुने बताइएको छ ।

केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति, कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति, भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भातृ संघ आदिबारे आजको बैठकले निर्णय लिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।