देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अष्ट्रेलिया हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा प्रवेश

देशान्तर

एजेन्सी । साविकको विजेता अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड घरेलु मैदानमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बर्मिघममा बिहिबार भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो । पाँच पटकको विजेता अष्ट्रेलिया भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

अब इंग्ल्याण्डले उपाधिका लागि न्युजिल्याण्डसँग खेल्नेछन् । न्युजिल्याण्ड भारतलाई पराजित गर्दै यसअघि नै फाइनल पुगिसकेको छ ।

अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

इंग्ल्याण्डको जासन रोयले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै जोय रुटले अविजित ४९ रन तथा कप्तान इयान मोर्गनले अविजित ४५ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्क र पाट कुमिन्सले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले । खराब सुरुवात गरेको अष्ट्रेलियाले मात्र १५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पूर्व कप्तान स्मिथले चौथो विकेटका लागि एलेक्स केरीसँग १०३ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । केरी ४६ रनमा आउट भए ।

यस्तै अष्ट्रेलियाका मिचेल स्टार्कले २९ र ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न इंग्ल्याण्डका क्रिस वोक्स र आदील रशिदले समान ३/३ विकेट हात पारे । जोफ्रा आर्चरले २ विकेट लिए ।