देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफ्रिका कप अफ नेशन फुटबल : नाइजेरिया र सेनेगल पुगे सेमिफाइनलमा

देशान्तर

काठमाडाैँ । नाइजेरिया अफ्रिका कप अफ नेशन फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई २–१ ले पराजित गर्दै नाइजेरियाले अन्तिम चारमा स्थान बनाएको हो ।

नाइजेरियाको जितमा सामुएल चुक्वुएजे र विलियम ट्रुस्ट एकोङ्गले गोल गरे । दक्षिण अफ्रिकाका लागि बोङ्गानी जुङ्गुले गोल गरेका हुन् । २७ औँ मिनेटमा चुक्वुएजेको गोलबाट नाइजेरियाले पहिलो हाफमा सुरुवाति अग्रता लियो ।

७१ औँ मिनेटमा जुङ्गुले दक्षिण अफ्रिकाका लागि बराबरी गोल फर्काए । तर ८९ औँ मिनेटमा एकोङ्गले गोल गर्दै नाइजेरियाको जित निश्चित गरेका हुन् ।

यसैबिच सेनेगलले पनि सेमिफाइनलमा स्थान बनाएको छ । बेनिनलाई १–० ले पराजित गर्दै सेनेगलले अन्तिम चारमा स्थान बनाएको हो ।

सेनेगलको जितमा इद्रिसा गेईले ६९ औँ मिनेटमा गोल गरे । ८२ औँ मिनेटमा भेर्डन सीधै रातो कार्ड पाएर बाहिरिएपछि बेनिन १० खेलाडीमा सीमित भएको थियो ।