देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्माता छविले कुटेर नायिका शिल्पाको कानको जाली फुटाइदिएपछि

देशान्तर

काठमाडौँ – चर्चित नायिका शिल्पा पोखरेलले पति तथा चलचित्र निर्माता छविराज ओझाले आँफुमाथी कुटपिट गरेको भन्दै प्रहरीको पुगेकी छिन् । निर्माता ओझाले आँफुलाई कानको जाली नै फुट्ने गरी कुटेको भन्दै नायिका पोखरेलले घरेलु हिंसाको उजुरी दर्ता गराएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए । काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार यस विषयमा प्रहरीले छानवीन गरिरहेको बताए ।

२०७३ सालमा गोप्य रुपमा छविसँग विबाह गरेकी शिल्पा म्यूजिक भिडियोहरुमा राम्रै चलेकी शिल्पालाई छविले नै चलचित्र ‘लज्जा’बाट नेपाली चलचित्र नगरीमा प्रवेश गराएका थिए। शिल्पाले छविले नै निर्माण गरेका ‘मंगलम’ र ‘हबल्दार सुन्तली’ मा पनि काम गरिसकेकी छन्। छविले कुट पिट गरेको भन्दै उनी अहिले उनले हाल मानेर भाइटिका लगाउँदै आएका चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा रहेको बताइएको छ ।