देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ङकङमाथि नेपालको शानदार जित : एसिया कपका लागि छनोट

देशान्तर

काठमाडौं । नेपालले मलेसियामा सम्पन्न एसियाली क्रिकेट काउन्सिल एसिसी यू (१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार भएको फाइनलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्‍यो। नेपाल आगामी अगस्टरसेप्टेम्बरमा श्रीलंकामा आयोजना हुने एसिसी यू(१९ एसिया कपका लागि छनोट पनि भएको छ।

कसिलो बलिङ गर्दै नेपालले जितको आधार तयार गरेको थियो। केवल ९६ रनको रनको लक्ष्य पाएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर उपाधि पक्का गर्‍यो। पवन सर्राफले सर्वाधिक ३९ रन बनाए। रित गौतमले १३ रन जोडे। सर्राफ र रितले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए। नेपालले दोस्रो विकेटका लागि पनि २४ रनको साझेदारी गर्‍यो। अनुभवी रोहित कुमार पौडेलले १२ रन बनाएर आउट भए।

पहिला ब्याटिङ गरेको हङकङले ४३ ओभर एक बलमा सबै विकेट गुमाएर ९५ रनमात्र जोड्न सक्यो। हङकङलाई सस्तोमा समेट्न नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए।

कमलसिंह एरीको नाममा तीन विकेट रह्यो। कुशल मल्ल र तिलकराज भन्डारीले पनि एक एक विकेट लिए। सागरले १० ओभरमा पाँच मेडन राख्दै केवल १८ रनमात्र खर्चिए। ८ ओभर एक बल बलिङ गरेका कुशलले पनि पाँच मेडन राखेर केवल चार रन दिए।

सागरले सुरुका पाँच विकेट लिएका थिए जसमध्ये हङकङका शीर्ष ६ मध्ये पाँच ब्याट्सम्यान थिए। हङकङका चार ब्याट्सम्यानले खाता खोल्न सकेनन् भने केवल तीन जनाले मात्र दोहोरो अंकमा रन जोडे। कप्तान अदित गोरावाराले सर्वाधिक २४ रन बनाए। कलहान मार्क चल्लुले १९ रन जोडे। हङकङले खाता नखोल्दै दुई विकेट गुमाएको थियो। सागरले प्रतियोगिताका चार खेलमा १४ विकेट हात पारे। उनले समूहगत चरणको चिनविरुद्धको खेलमा ६ विकेट हात पारेका थिए।

नेपाल लगातार चौथोपटक एसिसी यू(१९ एसिया कपका लागि छनोट भएको हो। प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्रसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले एसिसी यू(१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको यो लगातार दोस्रोपटक हो। विगतमा एसियाभरका एसोसिएट तथा एफिलिएट राष्ट्रलाई सहभागी गराएर एसिसी यू(१९ एलिट कप आयोजना हुने गरेको भएपनि दुई वर्षयता त्यो प्रतियोगिता दुई क्षेत्रमा विभाजन गरि आयोजना हुने गरेको छ एसिसी यू(१९ इस्टर्न र वेस्टर्न रिजनका रुपमा। नेपाल एसिसी यू(१९ एलिट कप लगातार चारपटक र तीनपटक फाइनलसम्म पुगेको टोली हो।