एजेन्सी । दक्षिण भारतीय अभिनेत्री अमाला पलले बलात्कृत भएपछि हुने पिडा लगायतका विषयमा अभिनय गरेपछि अहिले चर्चामा छिन् । फिल्म आदाइकामा सुन्दरी नायिका पलले एक बलात्कार पीडित युवतीको भूमिका निभाएसँगै उनी समाचारमा एक छत्र छाइरहेकी छिन् ।
भारतीय मिडियाका अनुसार फिल्मको स्क्रिप्टको मागका कारण यो फिल्ममा अमालाले न्यूड दृश्य पनि दिनुपर्ने भएका कारण आँफुले उक्त काम गरेको नायिका पलले प्रतिक्रिया दिएकी छिन् ।
फिल्म्को टिजरमा उक्त सिन समावेश छ । फिल्मको टिजर रिलिज भएसँगै चर्चामा छ । सामाजिक संजालमा यो सिनलाई लिएर चर्चा र विवाद भइरहेको छ । केहीले सामाजिक संजालमा ट्रोल गरे पनि केही सेलिब्रेटीले अमालाको कामको तारिफ गरेका छन् । हेर्नुहोस् भिडियो
प्रतिक्रिया