० १ - ४१०२५७३ / ७४


हङकङमा प्रदर्शन जारी, हङकङ र चीनबीचको रेल-वे सेवा अबरुद्ध

प्रकाशित मिति: २३ असार २०७६, सोमबार ०८:१६   देशान्तर

काठमाडौं । हङकङ सरकारले विवादास्पद सुपुर्दगी विधेयक स्थगित गर्ने घोषणा गरे पनि विधेयकको विरोधमा सुरु भएको प्रदर्शन अझै रोकिएको छैन । सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा लाखौं मानिस सडकमै उत्रिएर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले हङकङ र चीनबीचको रेल–वे सेवा नै अबरुद्ध गरेर प्रदर्शन गरेपछि सरकार अप्ठ्यारोमा परेको छ । प्रदर्शकारीले हङकङको वेष्ट कोउलुन रेल वे स्टेसनमा धर्ना दिई चीन जाने रेल रोकेपछि सयौं यात्रु अलपत्र परेका छन् ।

हङकङको मुख्य शहरमा भेला भएका प्रदर्शनकारीले प्रहरीले दमन गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी आत्म सुरक्षाका लागि छातासहित प्रदर्शनमा उत्रेका थिए ।

सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाईते भएका छन् । हङकङमा केही सातादेखि सुपुर्दगीसम्बन्धी विधेयकका विरोधमा प्रदर्शन भइरहेको छ ।

प्रदर्शन चर्किँदै गएपछि हङकङ सरकारले प्रदर्शनका तस्बिर सामाजिक सञ्जालमा राख्न रोक लगाएको थियो । त्यसपछि प्रदर्शनकारीहरु झन् आक्रोसित बनेका छन् ।

उनीहरुले विधेयक संसद्बाट स्थगित गरे पनि हङकङका कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने र विधेयक खारेज नै गर्नुपर्ने माग गर्दै आएका छन् ।(एजेन्सी)

तपाईको प्रतिक्रिया

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

भोजपुर सदरमुकाममा रहेको सगरमाथा इंलिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले.....

अब कसैले चाहेर र कसैले नचाहेर महाधिवेशन रोकिने कुरा आउँदैन । सभापतिले तोकिएको समयमा महाधिवेशन गर्नु भएन भने.....

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सबै तहका नेता कार्यकर्ताबाट लिइने दैनिक ‘लेबी’मा कडाइ.....

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यजनर गर्दै नेपाली कांग्रेस निकट कलाकारहरुले नयाँ चुनावी गित वजारमा.....

नवलपरासी । कुनै बेला युवा उद्योगपतिको रूपमा इज्जत कमाएका राजेन्द्र खेतान पछिल्लो समय बदनाम छन् । कहिले कर छलेको.....

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै.....

केही दिनअघि निकै तामझामका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले चुनावी घोषणापत्र.....

पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा जे जे भयो, त्यसलाई हेर्दा यो निराश हुने मत होइन । किनकि नेपाली.....

© 2019 www.deshantarnews.com. All Rights Reserved, Maintained By : Rillmark

shares